‘टाढाको नातेदारभन्दा नजिकको छिमेकी राम्रो’ : चिनिया विदेशमन्त्री वाङ

चीनको चारदिने भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार साँझ चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएकाे छ ।

चिनियाँ विदेशमन्त्री वाङले नजिककाे छिमेकीसँगकाे सम्बन्ध महत्पूर्ण हुने भन्दै अमरिकासँगकाे सम्बन्धबारे घुमाउराे भाषामा असन्तुष्टी व्यक्त गर्नुभएकाे छ ।

छलफलकाे क्रममा विदेशमन्त्री वाङले काठमाडौंको हालैको राजनीतिक विकासक्रम र त्यसमा पश्चिमा मुलुकहरूको भूमिकाबारे चीनको बुझाइतर्फ संकेत गर्दै टाढाको नातेदारभन्दा नजिकको छिमेकी राम्रो हुने बताउनुभएकाे थियाे ।

भेटमा सहभागी चिनियाँ उच्चअधिकारीले नेपालमा पश्चिमा प्रभावको सन्दर्भ उल्लेख गर्दै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा चासाे राखेका थिए ।  चिनियाँ पक्षले नेपालमा चिनीयाँ व्यवसायीहरूका लागि उचित वातावरण बनाउन अनुराेध गरेका थिए ।

मन्त्री खनालले नेपाल चीनसँगको सम्बन्धमा सुधारमा प्रतिबद्ध रहेको, एक चीन नीतिमा अडिग रहेकाे भन्दै चिनियाँ पक्षलाई आश्वस्त पार्ने प्रयास गर्नुभएकाे थियाे ।

नयाँ सरकारको प्राथमिकता उल्लेख गर्ने क्रममा मन्त्री खनालले जनताकेन्द्रित विकास र असंलग्न नीतिमा नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयाे ।

मन्त्री खनालले लिपुलेकका विषयमा नेपाल र भारतबीच छलफल हुनुपर्ने भए पनि भारत र चीनबीच पटक–पटक भएका सम्झौताले सीमाको विषयलाई थप जटिल बनाएको उल्लेख गर्नुभयाे । 

Facebook Comments