बडादशैंः महाअष्टमी पर्व भव्य रूपमा मनाइँदै

हिन्दुहरूकाे महान पर्व बडादशैं अन्तर्गत आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज मनाइँदैछ । आइतबार नेपालीहरूले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष […]

माैसमः हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना

नेपालबाट मनसुन बाहिरिसके छ । अहिले भने नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम […]

मनसुन बाहिरियाे, पश्चिमी वायूकाे प्रभाव कायमै

देशभरबाट मनसुन बाहिरिइसकेकाे छ । तर पनि मंगलबार केही स्थानमा वर्षा भइरहेकाे छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेकोले देशका विभिन्न भू-भागमा बदली तथा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले […]

माैसमः केही स्थानमा हल्का वर्षा हुने

नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा भइरहेको र बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबारसम्म मुलुकका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे […]

मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताउनुभएकाे छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा भएको दोस्रो पञ्चवर्षिय […]