सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई पाखा गर्ने काम गरिरहेको छ :प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताउनुभएकाे छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई […]

संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले […]

मौसम : तराईका धेरै स्थानमा हुस्सु, बाँकी भूभागमा मौसम सफा रहने

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

अर्थ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत शुक्रबार एक समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ । आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई […]

सोनाम ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ । तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त […]