कारवाही राेकिंदैनः गृहमन्त्री गुरूङ
पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदार भएको समाचार बाहिरिएसँगै गृहमन्त्री सुधन गुरुङले सोमबार राति फेसबुकमार्फत स्पष्टीकरण दिनुभएकाे छ ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाइ स्पष्टीकरण बुझाएपछि सामाजिक सञ्जालमा आफूविरुद्धका आराेपकाे खण्डन गर्दै गुरूङले कारबाही नराेकिने बताउनुभएकाे छ ।
गुरूङले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको भन्दै भ्रष्टाचारविरुद्धको कारबाही कुनै हालतमा नरोकिने बताउनुभएकाे हाे ।
गृहमन्त्री गुरुङले आफ्नो फेसबुक पोस्टमा लेख्नुभएकाे छ, ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन ।’
Facebook Comments

