रातो मच्छिन्द्रनाथ जात्रा सुरु

आजबाट उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रा-रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ ।

पाटनको पुल्चोकबाट बुधबारबाट जात्रा आरम्भ गरिएकाे छ । करिव २ महिनासम्म चल्ने यस जात्रामा सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई शहरका विभिन्न ठाउँमा घुमाउने प्नचलन छ ।

यस जाज्ञा यात्राले समुदायवीच श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको भावना विकास गर्दछ ।

लिच्छवीकालीन समयमा राजा नरेन्द्रदेवले काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेकाले भारतकाे आसामवाट ल्याइएको मछिन्द्रनाथलाई प्राण प्रतिष्ठा गराएर पुजाअर्चना शुभारम्भ गरी रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको मानिन्छ ।

करिब १६ सय वर्ष देखी निरन्तर चलिरहेको यो जात्रामा वर्षा, सहकाल र समृद्धिको कामना गर्ने प्रचलन छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले पनि ऐतिहासिक जात्रा-रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको अवसरमा सबैले एउटै कामना गरौं – वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्, संसारमा शान्ति र कल्याण फैलियोस् भनी शुभकामना व्यक्त गर्नुभएकाे छ ।

Facebook Comments