अमेरिका-इरान युद्धः युद्धविराम लम्ब्याउने ट्रम्पकाे घाेषणा, इरानी बन्दरगाहमाथिकाे नाकाबन्दी कायमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्ब्याउने घाेषणा गर्नुभएकाे छ । पाकिस्तानको अनुरोधमा युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने ट्रम्पकाे घोषणा छ ।
सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले इरानको सरकार गम्भीर रूपमा विभाजित भएको जिकीर समेत गर्नुभएकाे छ ।
हामीलाई इरानमाथिको हाम्रो आक्रमण तबसम्म रोक्न आग्रह गरिएको छ, जबसम्म त्यहाँका नेताहरू र प्रतिनिधिहरूले एक एकीकृत प्रस्ताव ल्याउनका लागि समय माग गरेकाे ट्रम्पकाे जिकीर छ ।
इरानले प्रस्ताव पेस गरेपछि छलफल कुनै न कुनै रूपमा टुङ्गोमा पुग्नेमा ट्रम्पकाे विश्वास छ ।
Facebook Comments

