विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउन प्रधानमन्त्रीकाे निर्देशन
प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिनुभएकाे छ ।
शाहले साेमबार विश्वविद्यालयका उपकुलपतिहरूसँगकाे छलफलमा प्रधामन्त्री शाहले सरकारकाे दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरुलाई निर्देशन दिनुभएकाे हाे ।
उहाँले विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउनुपर्नेमा जाेड दिनुभएकाे हाे ।
साेमबार भएकाे लामाे छलफलमा उपकुलतिहरुले जेनजी आन्दोलन, चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताएका थिए ।
छलफलमा उपकुलपतिहरुले जग्गा प्राप्ती, जनशक्ति र स्रोतसाधनको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा गरेका छन् ।
प्रधानमन्त्री शाहले सरकारले विश्वविद्यालयहरूमा रहेका सबै समस्या समाधान हुने गरी काम सुरु गरिसकेको र थप सहयाेगका लागि तयार रहेकाे बताउनुभएकाे थियाे ।

