गृहमन्त्री सुधन गुरूङद्वारा राजीनामा

गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिनुभएकाे छ । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी, सम्पतिकाे स्राेत लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरूङले राजीनामा दिनुपरेकाे हाे ।

नागरिकस्तरमा उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै नैतिकताको आधारमा राजीनामा दिएको गुरूङकाे भनाइ छ ।

 सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिनुभयाे ।

चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका गुरूङले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभएकाे छ ।

मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठुलो भएको उल्लेख गर्दै आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको गुरूङले स्पष्ट पार्नुभएकाे छ ।

Facebook Comments