राहदानी छपाइमा गढबढीकाे शंकाः विभागका महानिर्देशक थुनामा
विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० दिन थुनामा राख्न अनुमति मागेकोमा अदालतले सोमबारबाट लागु हुने गरी ४ दिन दिएको हाे ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार उनीहरूलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्न अनुमति दिइएको हाे ।
स्राेतका अनुसार प्रधानमन्त्री कार्यालयकै दवावपछि अख्तियारले अर्याल र केसीलाई नियन्त्रणमा लिएकाे हाे ।
Facebook Comments

