माैसमः कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना
हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल मौसमको अवस्थामा कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ ।
त्यस्तै कोशी प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेशको थोरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा एक-दुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि गर्मी बढ्ने सम्भावना रहेकाे महााखाले जनाएकाे छ ।
महाशाखले आइतबार राती पनि कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।
त्यसैगरी कोशी प्रदेशको तराईका केहि स्थानमा, मधेश तथा बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

