अर्जेन्टिना र फ्रान्स विश्वकपको नक आउट चरणमा प्रवेश

जारी विश्वकपमा अर्जेन्टिना र फ्रान्स नक आउट चरणमा प्रवेश गरेका छन् ।

जारी विश्वकपमा अष्ट्रियाविरूद्धकाे खेलमा अर्जेन्टिनाका कप्तान लियाेनल मेसीले २ गाेल गर्दा विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान मेसीका नाममा कायम भएकाे छ ।

जारी खेलमा लिओनल मेसीले दुई गोलले अस्ट्रियाविरूद्धको खेलमा अर्जेन्टिनालाई जित दिलायाे ।

समूह चरणको खेलमा लगातार दोस्रो जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।

त्यस्तै गएराति नै भएकाे खेलमा इराकलाई ३-० गोलले हराउँदै फ्रान्स एक खेल अगाडि नै नक आउट चरणमा प्रवेश गरेको हो।

फिलाडेल्फियामा फ्रान्सको जितमा केलियन एमबाप्पेले २ गोल गरेका थिए ।

उनले १४ औं र ५४ औं मिनेटमा गोल गरे। उसमान डेम्बेलेले ६६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै फ्रान्सले अंक तालिकामा ६ अंक बनाएको छ। फ्रान्सले अब नर्वेसँग खेल्नेछ ।

Facebook Comments