भरतपुरमा सवारी दुर्घटनामा २ जनाकाे मृत्यु
चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनापश्चात स्कुटरमा सवार २ जनालाई घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएकाे थियाे । उपचारका क्रममा दुवै जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिब गुरुङ रहेका छन् ।
दुर्घटनालगत्तै प्रहरीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ ।

