माैसमः पश्चिमी न्युन चापीय तथा स्थानीय वायूको आंशिक प्रभाव

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी फ्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएकाे छ ।

महाशाखाका अनुसार साेमबार दिउँसाे कोशी प्रदेश लगायत  बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने संभावना छ ।

त्यस्तै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

महाशाखाले मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ ।  

साेमबार राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments