युद्धविरामकैवीच इजरायल र इरानद्वारा पुनः एक अर्कामाथि आक्रमण
युद्धविरामकै वीच इजरायल र इरानमा एक अर्का मुलुकमाथि फेरि आक्रमण थालेका छन् । इजरायलले इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको जनाएक्ाे छ ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले भनेको छ, ‘केही समयअघि इजरायली वायुसेनाले पश्चिमी र मध्य इरानमा इरानी आतंकवादी शासनका सैन्य अड्डाहरूमा आक्रमण गरेको छ ।’
आक्रमणको स्थान वा क्षतिको विस्तृत विवरण भने दिइएको छैन । तर इरानको सरकारी टेलिभिजन च्यानलले राजधानी तेहरानसहित तीन शहरमा विस्फोट भएको जानकारी दिएको छ ।
सरकारी टेलिभिजनका अनुसार तेहरान, तबरीज र इस्फहानमा धेरै विस्फोटका आवाज सुनिएका छन् । रिपोर्टअनुसार कराज सहर नजिक पनि विस्फोटहरू सुनिएका छन् ।
इरानको स्थानीय मिडिया रिपोर्टअनुसार, मिसाइल आक्रमणपछि तेहरानको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै उडानहरू राेकिएका छन् ।
आइतबार इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको हाे बदलामा इरानमा प्रहार गरेकाे इजरालयकाे दाबि छ ।
यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै ‘निरन्तर आक्रमणहरूको सुरुवात’ भएको जनाएको थियो ।
आईआरजीसीले चेतावनी शैलीमा भनेको छ, ‘यदि इजरायलले आक्रामक गतिविधि दोहोर्यायो भने त्यसको जवाफ झन् ठूलो स्तरमा दिइनेछ, जसमा यस क्षेत्रमा रहेका अमेरिका र इजरायलका सबै अड्डाहरू पनि समावेश हुन सक्छन् ।’

