अमेरिकाद्वारा इरानमा पुनः सैन्य कारबाही

अमेरिकी सेनाले बुधबार इरानमा नयाँ आक्रमणहरू गरेको छ । जसमा होर्मुजको जलडमरू वरपरको एउटा साइटलाई लक्षित गरिएको छ । जसले अमेरिकी सेना र व्यावसायिक यातायातलाई खतरामा पारेको अमेरिकी पक्षकाे दाबी छ ।

इरानले भने अमेरिकाले युद्धविराम उल्लघंन गरेकाे आराेप लगाएकाे छ । अमेरिकी अधिकारीले चार इरानी आक्रमण ड्रोनहरू पनि खसालेको जनाएका छन् ।

अमेरिकी सेनाले पूर्ण रूपमा रक्षात्मक र युद्धविराम कायम राख्नको मात्र आक्रमणहरू गरिएकाे दाबी गरेका छन् ।

रोयटर्सले आक्रमणहरू विवरण सार्वजनिक गरेकाे हाे । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानसँग भइरहेकाे वार्तामा सन्तुष्ट हुन नसकेकाे टिप्पणी गर्नुभएकाे छ ।

अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला पछिल्ला सैन्य कारबाहीले अन्याेलता थपिएकाे छ ।
Facebook Comments