गृहमन्त्री सहितको टोलीद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ । बाढी प्रभावित बनेको रौतहटको सदरमुकाम गौरमा पुगेको टोलीमा […]

४ महिना अघि १ करोडको विमा गरेर श्रीमतीको हत्या

पोखरामा रमेश नेपालीले आफ्नो श्रीमतीको हत्या लामो योजनापछि भएको शंका गरिएको छ । प्रहरीले गरेको अनुसन्धान अनुसार रामबजार बस्ने रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई हत्या गर्नु ४ महिना अगाडि १ करोडको विमा गरेको खुलेको […]

पोखरामा लागुऔषध कारोबारी पक्राउ, पहिलो पटक पेनगन बरामद

पोखरामा पेन गनसहित लागु औषध कारोबारी पक्राउ परेको प्रहरीले जनाएको छ । कलमजस्तै देखिने गन र त्यसमा लाग्ने सात राउण्ड गोली सहीत पोखरा २४ का सागर रानाभाटलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । कलम […]

गण्डकी प्रदेशका दुई विधेयक प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७६’ लाई प्रमाणिकरण गर्नुभएको छ । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गर्नुभएको […]

जनजाति महासंघले गर्ने भनेकाे साउन २ काे नेपाल बन्द फिर्ता

नेपाल आदिवासी जनजाति महासंघले साउन २ गते गर्ने भनेकाे नेपाल बन्दकाे कार्यक्रम फिर्ता लिएकाे छ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित बनेको महासंघले साउन २ गते नेपाल बन्द गर्ने […]