तनहुँकाे व्यास नगरपालिकामा भीषण आगलागी

तनहुँको व्यास नगरपालिका-३, दमौलीमा गएराति भीषण आगलागी हुँदा २० वटा सटरमा क्षति पुगेको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयाे । […]

इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त

इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । उद्दारकर्मीले दुर्घटनाग्रस्त हेलिकप्टर फेला पारेका छन् । इरानी गृहमन्त्रीले साे हेलिकप्टरमा राष्ट्रपति रैसी […]

माैसमः कोशी, मधेश र बाग्मतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडाैंमा विहानैदेखि माैसममा बदलावसँगै हल्का वर्षा भइरहेकाे छ । उच्च पहाडी तथा […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि […]

माैसमः मेघगर्जन, चट्याङ, हावाहुरी पानी पर्ने सम्भावना

आज पनि देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक […]