अमेरिकामा आँधीका कारण ३१ जनाकाे मृत्यु

अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीजन्य हुरीबतासको चपेटामा परी कम्तिमा पनि ३१ जनाको मृत्यु भएको खबर छ । टाे मिसौरीमा मात्रै १२ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेकाे छ ।   

मिसौरीका सरकारी अधिकारीहरूले शनिबार आँधीले बबण्डर गर्ने भन्दै चेतावनी दिएका थिए । मिसौरी र टेनेसीमा अझै पनि चट्याङ र तीब्र गतिको हावा चल्ने पूर्वानुमान गर्दै सतर्क गराइएको छ । जर्जियाका गभर्नरले आपतकाल घोषणा गरेका छन् भने स्थानीयलाई सतर्क एवं चनाखो रहन आग्रह गरेका छन् । 

आँधीका कारण ५५ वटा सवारी साधन एकआपसमा ठाेक्किएका थिए भने लाखाैं धनमालकाे क्षति भएकाे थियाे ।
 

Facebook Comments