विराटनगर किंग्स र चितवन राइनाेजवीच प्रतिस्पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । 

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । विराटनगर लगातार अपराजित रहेकाे छ । आज चाैंथाे खेलमा पनि जित निकाल्ने लक्ष्यमा विराटनगर हुनेछ । 

यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।  चितवन भने विराटनगर किंग्स विरूद्ध जीत निकाल्ने लक्षका साथ प्रस्तुत हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । 

Facebook Comments