प्रतिनिधिसभा निर्वाचनः आपतकालीन उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्वाचन आयोगकाे आग्रह
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मध्यनजर गर्दै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेकाे छ ।
मतदान हुने दिनका साथै अगाडि पछाडि समेत अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न आयोगले अनुराेध गरेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मार्फत् यस्ताे अनुराेध गरिएकाे आयोगले जनाएकाे छ ।
आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगले अनुराेध गरेकाे हाे ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता (First Aid) सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन समेत आयोगले अनुराेध गरेकाे छ ।
आयोगले भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोग आग्रह समेत गरेकाे छ ।

