मौसमः पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी हिमाली र पहाडी भू-भाग आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

महाशाखाले सुक्रबार साँझकाे समयमा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा एवं हिमपात भइरहेको जनाएकाे छ ।

सुक्रबार राती देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार रातकाे समयमा हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवंचट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपात सम्भावना रहेको छ। 

Facebook Comments