अमेरिकी राष्ट्रपति ट्रम्पकाे पत्रकार सम्मेलनमा गाेलीकाे आवाज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गर्नुभएकाे एक कार्यक्रममा गाेली चलेकाे बताइएकाे छ ।
कार्यक्रममा गाेली चलेकाे आवाज सुनिएपछि सुरक्षाकर्मीले राष्ट्रपति ट्रम्प सहितका उच्च अधिकारीलाई सुरक्षित स्थानमा सारेका थिए । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको हाे ।

गोली चलेको र गाेली चलाउने व्यक्ति सुरक्षाकर्मीकाे नियन्त्रणमा रहेकाे ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ । गाेली चलाउनेकाे परिचय सार्वजनिक गरिएकाे छैन ।
ह्वाइट हाउसले पत्रकारहरूका लागि डिनर कार्यक्रम आयोजना गरेको थियो । ट्रम्प बोलिरहेका मानिसहरुको हलचल सुरु भएपछि उनी बोल्दाबोल्दै रोकिएका थिए । त्यसपछि केही पड्किएको आवाज सुनिएको थियो ।
लगत्तै सिक्रेट सर्भिसका सदस्यहरूले ‘तल बस्नुहोस्, तल बस्नुहोस्,’ भन्दै राष्ट्रपति ट्रम्पलाई कार्यक्रमस्थलबाट बाहिर लगेका थिए ।


