माैसमः पहाडका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना, तराईका केही स्थानमा हावाहुरी

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसाे कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लाग्ने तथा सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ।

बुधबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा अधिकांश बादल लाग्ने र तराई भू-भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेकाले सचेत रहन आग्रह गरेकाे छ ।

Facebook Comments