अध्यादेशबारे विपक्षी दलहरू छलफल गर्दै
संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक आज पनि बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

सरकारले एकपछि अर्काे अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विपक्षी दलहरूवीच साझा धारणा तय गर्नका लागि बैठक गर्न लागिएकाे हाे ।
विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।
आज फेरि एमालेको कार्यालयमा बस्न लागेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिनुभयाे ।

Facebook Comments

