माैसमः मुलुकका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाकाे संभावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित मध्यम सम्मको वर्षा भैरहेको छ ।

महाशाखाले हाल देशको कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएकाे छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले कोशी र मधेश प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ। 

महाशाखाले पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार विशेष गरी नेपालको पूर्वी र मध्य भागमा न्यून चापीय प्रणालीको प्रभाव बढी रहेकाले ती क्षेत्रमा मौसम बढी अस्थिर देखिएको हो। 

Facebook Comments