सुकुम्बासी व्यवस्थापन संवैधानिक र मानवअधिकारकाे बर्खिलाप भयाेः नागरिक अगुवा

नागरिकहरूकाे तर्फबाट जारी गरिएकाे प्रेस विज्ञप्तिमा सैन्य बलमा सुकुम्बासी व्यवस्थापनमा संवैधानिक र मानवअधिकारकाे उल्लघंन भएकाे भन्दै त्यसाे नगर्न माग गरिएकाे छ । सैन्य बलमा संविधान मिचेर गरिने कार्यकाे विराेध गरिएकाे हाे ।

सर्वाेच्च अदालतले गरेका फैसला र आग्रहलाइ समेत बेवास्ता गरेकाे भन्दै नागरिकका तर्फबाट मानव अधिकार संरक्षण गर्न माग गरिएकाे हाे ।

सरकारले कुनै निर्णय विना, प्रयाप्त जानकारी नदिइकन र व्यवस्थापनमा समेत तयारी नगरीकन बल प्रयाेग गरी सुकुम्बासी बस्तीहरूमा डाेजर चलाएर राज्य असंवेदनशील, विभेदपूर्ण रहेकाे ठहर समेत विज्ञप्तिमा गरिएकाे छ ।

Facebook Comments