माैसमः पश्चिमका पहाडी भू-भागका केही स्थानहरूमा वर्षा र हिमपातकाे संभावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
महाशाखाले नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।
साेमबार बिहान सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको थियाे भने कोशी र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र देशको हिमाली भू-भागमा साधारणतया बादल र पहाडी र तराई भू-भागमा आंशिक बादल लागेको थियाे ।
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भएकाे थियाे ।
साेमबार दिउँसाे देशभर साधारणतया बादल लाग्नेछ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै साेमबार दिउँसाे सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
साेमबार राती साधारणतया बादल लाग्नेछ भने देशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

