सरकारले कसैलाई पनि घरबारविहीन बनाउँदैन, आत्तिनुपर्दैनः प्रधानमन्त्री
प्रधानमन्त्री सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने भन्दै नआत्तिन आग्रह गर्नुभएकाे छ ।
प्रधानमन्त्री काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलाइएकाे भन्दै बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास नलगाउने बताउनुभएकाे हाे ।
सरकारको नागरिकलाई मनसायमा नरहेको र कोही पनि घरबारविहीन हुनु नपर्ने प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत् उल्लेख गर्नुभएकाे हाे ।
प्रधानमन्त्रीले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको जिकीर समेत गर्नुभएकाे छ।
भूमिहीन नागरिकका समस्याको दीर्घकालीन समाधानका लागि बाधक बनेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरूलाई सरकारले अध्यादेशमार्फत खारेज गरेको र पहिचान गरेर पारदर्शी र दिगो समाधान निकाल्ने प्रधानमन्त्रीले स्पष्ट गर्नुभएकाे छ ।
आफूहरूले चालेका सम्पूर्ण कदम नागरिकलाई हटाउने उद्देश्यले नभई समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएको, प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीकाे सन्देशमा उल्लेख छ।
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने भन्दै उनले अनावश्यक रूपमा नआत्तिन सम्बन्धित सबैलाई अनुरोध गर्नुभएकाे छ ।

