लिपुलेक पुरानै मार्ग हाे, नयाँ खाेलिएकाे हाेइनः भारत
भारत र चीनले लिपुलेक हुँदै कैलाश मानसराेवर जानेबाटाे खाेल्ने निर्णय गरेकामा नेपालले कुटनीतिक नाेट पठाएर लिपुलेक नेपालकाे भूमी भएकाे सम्बन्धमा गरेकाे दाबमा भारतले जवाफ फर्काएकाे छ ।
भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको र पुरानो भएको जवाफ फर्काएको छ ।

भारतले कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै मार्ग खुला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ फर्काएको हो ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउनुभएकाे छ ।
लिपुलेकबाट कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग हो र यो कुनै नयाँ विषय नभएकाे भारतीय पक्षकाे दाबी छ ।
भारतले नेपालका केही भू–भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकोले स्वीकार्न नसकिने भनेकाे छ ।
प्रवक्ता जैसवालले भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा, विशेष गरी सीमा विवाद समाधानका लागि, संवाद र कूटनीतिमार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको बतायनसभएकाे छ ।
नेपालकाे परराष्ट्र मन्त्रालयले आइतबार दुवै देशलाई कूटनीतिक नोट पठाएर यसबारे ध्यानाकर्षण गराएको थियाे । भारतले जवाफ फर्काएपनि चीनकाे धारणा भने सार्वजनिक भएकाे छैन ।

