माैसमः केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाकाे सम्भावना
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ ।
शनिबार दिउँसाे हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपात हुने जनाएकाे छ ।
महाशाखाका अनुसार तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ ।
महाशाखाले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

