टर्किस एयरकाे जहाजकाे चक्कामा आगलागी

 टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । 

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको जहाज अवतरण गर्ने क्रममा सो घटना भएको हो । दमकलकाे सहायताले आगो नियन्त्रणमा लिइएकाे छ भने यात्रुहरू सबै सुरक्षित रहेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएको थियो । जसमा कुनै मानविय क्षति नभए पनि त्रिभुवन विमानस्थल ४ दिनसम्म बन्द हुन पुगेको थियो ।

Facebook Comments