माैसमः पश्चिमका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायूको प्रभावका साथै पूर्वी भू-भागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा साधारणतया बादल तथा देशका बाँकी भू-भागहरूमा आंशिक बादल लागिरहेको छ ।

महाशाखाले साेमबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा  बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।

साेमबार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

Facebook Comments