केही स्थानमा मात्र मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना रहेको छ।

शुक्रबार राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

रातकाे समयमा कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।

Facebook Comments