माैसमः पश्चिमी वायू र स्थानीय वायूकाे प्रभाव, पश्चिमका तराई क्षेत्रमा भने गर्मी बढ्ने
हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान विभागका अनुसार यतिबेला कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ ।
बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भैरहेको छ ।
विहीबार दिउँसाे कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
विहीबार राती देशभर साधारणतया बादल लाग्ने, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।
महमाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

