रास्वापाकाे सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राती भर्चुअल बैठक बस्ने तयारी भएपनि संसद बैठक अबेरसम्म चलेकाले स्थगित भएकाे थियाे ।

आज बिहान ८ बजेका लागि सारिएकाे बैठकमा विभिन्न ९ कार्यसूचीमा केन्द्रित रहेर छलफल हुने बताइएकाे छ ।

आजको बैठकमा समसामयिक राजनीतिदेखि पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीसम्मका विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुनेछ ।

बैठकका मुख्य कार्यसूचीहरू:

१. समसामयिक राजनीति र पार्टी गतिविधिका सम्बन्धमा ।

२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।

३. अनुशासनात्मक कारबाहीका सम्बन्धमा ।

४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।

५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरूका सम्बन्धमा ।

६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।

७. विधान संशोधन सम्बन्धमा ।

८. सङ्घीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।

९. विविध

क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।

ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५५ बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।

Facebook Comments