एनपिएलः फाइनलमा सुदूरपश्चिम राेयल्स र जनकपुर बोल्ट्सकाे भेट पक्का

नेपाल प्रिमियर लिग(२०२४) को फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सकाे भेट पक्का भएकाे छ ।

कीर्तिपुरको टीयू मैदानमा भएको ‘लो स्कोरिङ’ क्वालिफायर(टुको खेलमा जनकपुरले कर्णाली याक्समाथि दुई विकेटको जित रचेको हो ।

अब फाइनलमा तिनै दुई टिम भिड्न लागेका हुन्, जसले लिग चरणको समाप्तिमा शीर्ष दुई स्थान हात पारेको थियो । जितका १ सय १९ रनको लक्ष्य जनकपुरले आठ विकेट गुमाएर १९ ओभरमा हात पारेको थियो ।

मयन यादव र शेर मल्लले जनकपुरलाई जितसम्म डोर्‍याएका थिए । मयनले १४ रन बनाए र रनआउट भए । शेरले १६ रन बनाए र नटआउट रहे । फाइनल शनिबार हुनेछ ।

Facebook Comments