अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यही वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने बताउनुभएको छ । पछिल्लो समय जोन केलीसँग सम्बन्ध विग्रँदै गएपछि राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो । […]
फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र […]
सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक […]
ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साइकल यात्रा सुरू गरिएको छ । हिन्दु धर्मको पवित्र तीर्थस्थल काठमाडौंको पशुपतिनाथबाट ऐतिहासिक–सामाजिक–साँस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै सो साइकल यात्रा शुभारम्भ गरिएको हो । आइतबार बिहान पशुपतिनाथ […]
सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले सार्वजनिक पद धारण गरेकाहरुको छानविन गर्न उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न समेत माग गरेको छ । […]