नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन पारित भएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले पेश गरेको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका पीडितलाई न्याय दिन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले द्वन्द्वकालका पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको दावी गर्नुभयो । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर राष्ट्रिय […]
आइतबारदेखि शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्षसहित सोमबार सकिएको छ । प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सम्पन्न बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्ष निकाल्दै सकिएको […]
पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले नेपालको शान्तिप्रक्रिया विश्वकै लागि अनुकरणीय र नयाँ अनुभव हुने बताउनुभएको छ । नेपालको शान्ति प्रक्रियाको मोडल विश्वका द्वन्दग्रस्त मुलुकको विवाद समाधानका लागि उदाहरण हुने उहाँको भनाई रहेको छ । […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकबाट जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताउनुभएको छ । नेकपाले आगामी मंसिर २९ गते स्थायी कमिटी बठक बोलाएको छ । पार्टी एकता भएको […]