काेरियामा विश्व शान्तिका लागि ३ दिने शिखर सम्मेलन सुरू

विश्वभरी दिगो शान्ति कायम गर्ने र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ सोमबार विहानदेखि दक्षिण कोरियाको ग्राण्ड बालरुम (वेष्ट टावर) मा शान्तिबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन सुरु भएकाे छ । आयोजक संस्थाले हेभन्ली […]

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानकाे व्यवस्था गरिनेः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकलाई आम निर्वाचनमा मतदानको व्यवस्था मिलाउने बताउनुभएकाे छ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको भन्दै उहाँले कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन […]

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले गएराति न्युयोर्कमा महासचिव गुटेरससँग न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेटवार्ता गर्नुभएकाे हाे । भेटमा नेपालको […]

हरितालिका (तीज) पर्व आज

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दु धर्मावलम्वी महिलाहरूले विशेष रूपमा मनाउँदैछन । देवताका पनि देवता भनेर विश्वास गरिने महादेवको पूजा आराधना गरी तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी […]

हेटौंडामा चिकित्सक कुटपिट भएकाे विराेधमा आकस्मिक बाहेकका सेवा बन्द

हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएकाे छ । चिकित्सकहरूकाे छाता संगठन नेपाल चिकित्सक संघकाे अगुवाइमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरिएकाे हाे । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. […]