जितिया पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलेकाे शुभकामना, मौलिक चाडपर्वले सद्भाव वृद्धि

राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । उहाँले जितिया जस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने बताउनुभएकाे छ ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिनुभयाे ।

साथै राष्ट्रपति पाैडेलले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताउनुभएकाे छ ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेशी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवान्को पूजा आराधना गर्दै मनाइने पर्व हो ।

Facebook Comments