एनपिएलमा आज पनि दुई खेल हुँदै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछ।
बिहान सवा ९ बजे कर्णाली याक्स र काठमाडौं गुर्खाजवीचकाे खेल हुनेछ भने दिउँसो सवा १ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्ससँग खेल्दैछ।
कर्णाली र काठमाडौंले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन् । विराटनगरले तेस्रो र लुम्बिनी लायन्स पहिलो खेल खेल्दैछ।
कर्णाली याक्स पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। काठमाडौं गुर्खाज् चितवन राइनोजसँग पराजित भएको थियो।

विराटनगर किंग्स मंगलबार लगातार दोस्रो पटक पराजित भएको थियो। पहिलो खेल जनकपुर बोल्ट्ससँग पराजित भएको विराटनगर दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने, कर्णालीमा सोमपाल कामी, काठमाडौंमा करण केसी र लुम्बिनीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की खेलाडी छन्।
Facebook Comments

