एनपीएलमा बिहीबार पनि २ खेल हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार २ खेल हुँदैछ । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ ।

त्यस्तै दिउँसाे १ बजे काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स दाेस्राे खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलाे खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ । उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको जनकपुरल त्यसपछि सन्तुलित र चर्चित टिम मानिएको कर्णाली याक्सलाई पराजित गरेको थियो ।
उता पोखरा भने आफ्नो पहिलो खेलमै चितवन राइनोजसँग पराजित भएकाे थियाे ।
त्यस्तै काठमाण्डु करण केसीको तथा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छन् । दुवै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् ।
काठमाण्डुले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले एक खेल खेल्दा जितेको छ । दुवै टिममा राष्ट्रिय टिमका अनुभवी खेलाडी देखि विदेशी खेलाडीहरु पनि राम्रा छन् ।
काठमान्डु टिममा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमको अनुभव भएका स्पीनर शाहब आलमदेखि मिडियम पेस बलिङ अलराउण्डर रासिद खान पनि छन् । करणले बुधबारको खेलमा राम्रो प्रदर्शन गर्दै टिमको जितमा अहम भूमिका खेलेका थिए ।

