एनपीएलमा सुदुरपश्चिम फाइनलमा

फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

बुधवार भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ ।

पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सवीचकाे खेलमा सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान पक्का गरेको छ।

बुधबार भएको पहिलो क्वालीफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पराजित जनकपुरले भोली दोस्रो क्वालिफायरमा कर्णालीविरुद्ध पुनः एकपटक फाइनल प्रवेशको अवसरका लागि प्रतिस्पर्धाको मौका पाउने छ।

Facebook Comments