माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे संक्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व रहेको बताउनुभएकाे छ ।

मंगलबार माघी÷माघे सक्रान्तिको अवसरमो शुभकामना सन्देश दिदै उहाँले माघे संक्रान्ति पर्वले नेपाली समाजको विविधता, परम्परा, र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउन प्रेरणा दिने बताउनुभयाे ।

सन्देशमा माघे संक्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो। यसले नेपाली समाजको विविधता, परम्परा, र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउने प्रेरणा दिने उल्लेख छ

उहाँले यस पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँने पनि बताउनुभयाे । जाडोयामको अन्त्य र बसन्त ऋतुको आगमनलाई संकेत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने पनि उहाँको भनाई छ ।

उहाँले हरेक नयाँ कामको सुरुवात गर्ने र जीवनका चुनौतीहरूको सामना गर्न ऊर्जा प्रदान गर्ने यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबीच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ।

Facebook Comments