रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलकाे उपाधि जित्न सफल
रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको विजेता बनेकाे छ । बेंगलुरूले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।
बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाएकाे थियो ।
बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको बेंगलुरु उपाधिबाट वञ्चित भएको थियो ।
पञ्जावले भने पहिलाेपटक फाइनल खेलेकाे हाे ।
Facebook Comments

