एनपिएलमा आज पनि दुई खेल हुँदै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् ।
त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल चितवन राइनोज र काठमाडौं गुर्खाजवीच बिहान पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे विराटनगर किंग्सले कर्णाली याक्ससँग खेल्दैछ ।
काठमान्डु गोर्खाजले आज प्रतियोगिताको पाँचौं खेल खेल्दै छ। चितवन राइनोजको भने आजको खेल तेस्रो हुनेछ ।
दुवै टोलीले दुई-दुई खेल जितेको छ ।
चितवनले एक खेलमा पराजय भोग्दा काठमाडौंले दुई खेलमा हार ब्यहोरेको छ ।
विराटनगरले पनि आज प्रतियोगिताको पाँचौं खेल खेल्दैछ। उसले अघिल्लो ४ खेलमध्ये तीन खेलमा विजयी हुँदै ६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थान कायम राखेको छ।
अंक तालिकाको पाँचौं स्थानमा रहेको कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेलेकोमा एक खेल मात्र जितेकाे छ । कर्णालीको २ अंक छ ।
काठमाडौं गोर्खाजका कप्तान करण केसी र चितवन राइनोजको कप्तान कुशल मल्ल रहेका छन् । त्यस्तै विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले गर्नेछन् ।

