खानेपानीमन्त्री विना मगरले निर्माण कम्पनीसँगको विवादका कारण रोकिएको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढ्ने बताउनुभएको छ । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने दाबी गर्नुभयो । […]
अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ । मन्त्रालयले आज सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत आग्रह गरेको […]
मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको हो । […]
कृषि उत्पादन बढाउन सिंचाईको भुमिका महत्वपुर्ण हुने पोखरामा भएको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । राट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपालले आयोजना गरेको नेतृत्व विकास,कार्यालय सञ्चालन तथा वित्तिय ब्यवस्थापन तालिममा बोल्नेहरुले सो कुरा बताएका […]
पाल्पा र गुल्मीका २ स्थानीय तहले निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभ्न सफल भएका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका र गुल्मीको गुल्मी दरबार गाउँपालिकाले निजी र सामुदायिक विद्यालयलाई गाभेर एउटै माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने पहल […]