महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गताबारे भएका ऐनकानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिको २७ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ […]
श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा पुग्नुभएको छ । मिस नेपाल २०१८ खतिवडाले मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो । विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा […]
सर्वोच्च अदालतले राज्यविरुद्धको सङ्गठित कसुर मुद्दामा पक्राउ परेका सिके राउत (चन्द्रकान्त)को बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज राउतसम्बन्धी बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । न्यायाधीशद्वयको आदेशमा भनिएको […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताउनुभएको छ । पोल्याण्डको वार्सामा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई […]
विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि […]