यमनमा जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । […]

पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच भड्कियाे हिंसा

पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती महिला र बालबालिका समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या […]

होला त चीनका राष्ट्रपतिको नेपाल भ्रमण ?

नेपालका तर्फबाट पटक पटक चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि पहल भइरहेको छ । यसअघि भ्रमण गर्ने तयारी भएपनि विभिन्न कारणले चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण हुन सकेको छैन । नेपालका तर्फबाट फेरि भ्रमण […]

भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुलद्वारा राजीनामा

भारतीय कांग्रेस पार्टीका प्रमुख राहुल गान्धीले पदबाट राजीनामा दिनुभएकाे छ । राहुलले राजीनामाको घोषणा गर्दै भर्खरै सम्पन्न लोकसभा चुनावको हारको जिम्मा समेत लिने बताउनुभएकाे छ । उहाँले कांग्रेस पार्टीलाई फेरि उठाउनका लागि कडा फैसला जरूरी […]

द्वन्द्वग्रस्त लिवियामा नेपाली, विद्रोहीको आक्रमणमा १ नेपालीको मृत्यु

आकर्षक रोजगारीको प्रलोभनमा द्वन्द्वग्रस्त मुलुकमा समेत नेपालीहरुको तस्करी हुने गरेको खुलासा भएको छ । यस्तो खुलासा लिवियामा विद्रोहीले गरेको आक्रमणपछि भएको हो । आक्रमणमा परी एक नेपालीको मृत्यु भयो । मुत्यु हुनेमा लम्जुङ चिती–८ तिनपिप्लेका […]