अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह गर्नुभएको छ । ट्वीट मार्फत् ट्रम्पले व्यापरिक वार्ता सही दिशामा अघि बढिरहेकाले अतिरिक्त कर हटाउन आग्रह गर्नुभएको हो । चीनले कृषिमा […]
उत्तर कोरियाका विदेशमन्त्री री योङ्गले अमेरिकासँगको वार्ता विफल हुनुमा अमेरिकाको अडान मुख्य कारण रहेको बताउनुभएको छ । योङ्गका अनुसार उत्तर कोरियाले आफूमाथि लाग्दै आएको प्रतिबन्ध आंशिक रुपमा खुला गर्न माग गरेको थियो । अमेरिकाले सो […]
पाकिस्तानले लाहोरबाट भारतको दिल्ली जाने सम्झौता एक्सप्रेस रेल सेवालाई रोकेको छ । पाकिस्तानले अर्को सूचना नभएसम्मका लागि सम्झौता एक्सप्रेसको सेवा निलम्बित भएको सूचना सार्वजनिक गरेको हो । सम्झौता एक्सप्रेस हप्तामा दुई पटक सञ्चालनमा आउने गरेको […]
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने बताउनुभएको छ । संसदको संयुक्त सत्रलाई बिहीबार सम्बोधन गर्दै खानले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री खानले यसलाई पाकिस्तानको कमजोरी नठान्न पनि भारतलाई चेतावनी दिनुभयो । […]
अमेरिका र उत्तर केारियावीचकाे वार्ता विफल भएकेा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनाेइमा २ दिनसम्म चलेकेा बहुचर्चित वार्ता विफल भएको हाे । बिहीबार भियतनामको राजधानी हनोइमा […]